Sajhamanch Archive

मूल्यवृद्धि विरुद्ध थाल र ग्यास सिलिन्डर बोकेर प्रदर्शन

Published: (Updated: ) in राजनीति, समाज by .

काठमाडौं । जनता समाजबादी पार्टी (जसपा) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध खाली थाल र खाना पकाउने ग्यासको खाली सिलिन्डरसहित प्रदर्शन गरेको छ ।

मूल्यवृद्धिसहित प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम, महिला हिंसा र जातिय विभेदविरुद्ध जसपाले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले सरकार विरोधी नारा लेखिएका प्ला कार्ड, रित्तो खाना पकाउने ग्यासको सिलिन्डर र थाल बोकेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *