Sajhamanch Archive

१२५ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा नेपालमा थप १२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

तीन हजार आठ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ७० जना पुगेको छ ।

यस्तै २४ घण्टामा ९१ जना उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार तीन सय ९४ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोनाबाट दुई हजार ५५ जनाको ज्यान गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *