Sajhamanch Archive

विष्णु पौडेलसहित तीनजना मन्त्रीले अझै बुझाएनन् सम्पत्ति विवरण

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । ऐनअनुसार सार्वजनिक पद धारण गरेको ६० दिन व्यतीत भइसक्दा पनि तीनजना मन्त्रीहरूले सम्पत्ति विवरण बुझाएका छैनन् ।

सम्पत्ति विवरण नबुझाउनेमा असोज २८ गते अर्थमन्त्री नियुक्त भएका नेकपा ओली समूहका महासचिव विष्णु पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ रहेका छन् ।

पहिले सहरी विकासमन्त्री नियुक्त भएका श्रेष्ठको मन्त्रालय परिवर्तन भइसक्दा पनि उनले सम्पत्ति विवरण सार्वजनिक गर्न आवश्यक ठानेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटको उनको सम्पत्ति विवरण उपलब्ध छैन ।

त्यस्तै पहिले महिला, बालबालिका ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जिम्मेवारी हेरफेर भएका लिलानाथ श्रेष्ठले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।

सम्पति विवरण नबुझाउनेमा संघीय सरकारका अरू मन्त्रीहरू पनि रहेका छन् । पछिल्लोपटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा मन्त्रीको जिम्मेवारी पाएका प्रभु साह, मणिचन्द्र थापा, गौरीशङ्कर चौधरी, प्रेम आले, दावा लामा, गणेशसिंह ठगुन्ना, दावा लामा, जुलीकुमारी महतो, विमला विश्वकर्माले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।                                                                                               बाह्रखरीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *