Sajhamanch Archive

पोर्टोसँग युभेन्टस स्तब्ध

Published: in खेलकुद by .

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इटालियन च्याम्पियन युभेन्ट्स पोर्चुगिज च्याम्पियन एफसी पोर्टोसँग २–१ ले पराजित भएको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा पोर्टोको जितमा मेहेदी तारेमी र मोउसा मरेगाले गोल गरे । फेडरिको चिइसाले गोल गरेपनि हार टार्न सकेन ।

खेलको पहिलो मिनेटमा नै सम्हालिन नपाउदै पोर्टोले मेहेदी तारेमीको गोलबाट युभेन्टसविरुद्ध अग्रता लिएको थियो । दोस्रो हाफमा पनि शुरुमै मोउसा मेरेगाले गोल गर्दै पोर्टोको अग्रता दोब्बर बनायो ।

८२औं मिनेटमा चिइसाले गोल गर्दै खेलमा फर्कने संकेत दिएपनि त्यसपछि गोल निस्कन नसक्दा युभेन्टस पराजित हुन पुग्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *