Sajhamanch Archive

प्रचण्ड–माधव समूहले मानव साङ्लाे बनाएर टुँडिखेल घेर्‍याे

Published: in राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहको नेकपाले तीन चरणका विरोध तथा सङ्घर्षका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

चौथो चरणको सङ्घर्षको कार्यक्रमअन्तर्गत बिहीवार टुँडिखेललाई मानव साङ्लोले घेरेर प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमको विरोध गरेको हो । नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य तथा केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजक योगेश भट्टराईले प्रतिगमन तथा असंवैधानिक कदमका विरुद्ध टुँडिखेलमा मानव साङ्लोले घेरिएको बताए ।

मानव साङ्लोमा नेकपाका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतिनिधि सभाको असंवैधानिक कदम खारेज गर, भ्रष्टाचारीलाई कारबाही गर, बलात्कारीलाई कारबाही गर, प्रतिगमन मुर्दावादलगायतका विभिन्न प्लेकार्ड तथा ब्यानरहरू प्रस्तुत गरिएका थिए भने नेता कार्यकर्ताहरूले पार्टीको झण्डा र सूर्य चिह्न पनि बोकेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *