शिवसताक्षीमा तेस्रो मेयर कप फागुन १७ गतेबाट सुरु हुने
Published: (Updated: )
by .शिवतसाक्षी । झापाको शिवसताक्षीमा तेस्रो शिबसताक्षी मेयर कप आगामी फागुन १७ गतेबाट संचालन हुने भएको छ ।
बिहीकार नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गरी नगर खेलकुद विकास समितिले आगामी १७ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको हो ।
प्रतियोगिता विभिन्न ८ बिधामा १७ वटा खेल संचालन हुने नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङले जानकारी दिए । गएका वर्ष नै तेस्रो मेयर कप हुनु पर्नेमा कोभिड १९ को कारण यस वर्ष सञ्चालन हुने भएको हो । जस अनुसार फुटबल, भलिबल, क्रिकेट, बुद्धिचाल ,ब्याडमिन्टन, कबड्डी, कराँते र एथलेटिक्सका खेलहरु हुन अध्यक्ष तामाङले बताए । प्रतियोगितामा नगरका ११ वटै वडाका खेलाडीहरुको सहभागिता रहने छ ।
प्रतियोगीतामा फुटबल बिधाका बिजेताले ७५ हजार , भलिबलले ५० हजार, क्रिकेटले ५० हजार , कबड्डीले १५ हजार ,ब्याड्मिन्टन डबलले १० हजार र ब्याडमिन्टन सिङ्गलले ५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र पाउने नगर खेलकुद बिकास समितिका अध्यक्ष फुर्ब तामाङले बताए । खेलहरु भलिबल , शिबसताक्षी ३ स्थीत पाराबारीमा हुनेछ भने फुटबल दुधे रंगशालामा हुनेछ ,त्यसैगरि क्रिकेट झिलझिलेमा ,कराँत र कबड्डी माइधारमा, चेस दुधेमा र एथ्लेटिक्स ब्याङडाँडामा हुने नगर खेलकुद विकास समितिका सदस्य सन्तोष पौडेलले जानकारी दिए ।
शिवसताक्षी नगरपालिकाका खेलाडीहरुको प्रर्वधनका लागि मेयरकपको ठूलो भूमिका रहेको नगरप्रमुख चन्द्रकुमार सेर्माले बताए । उनले नगरकप खेलेका केही भाइहरु राष्ट्रिय स्तरका खेल प्रतियोगितामा भाग लिन सफल भएको बताए ।
त्यस्तै पूर्व प्रतिनिधि सभा सासद एलपी साँवाले नगर खेलकुदका लागि छुट्याइएको बजेट कम भएकाले आउँदा वर्षमाहरुमा केही बजेट थप गर्न नगरप्रमुख सेर्मालाई सुझाएका थिए ।
मेयर तेस्रो मेयर कपको उद्घाटन र समापन नगर स्तरीय दूधे रंगशालामा हुने नगर खेलकुद विकास समितिले जनाएको छ । नगरबाट विनियोजित १५ लाखमा खेलकुद प्रतियोगिता सम्पन्न गर्ने बताइएको छ ।
यसै बीच नगर खेलकुद विकास समिति तेस्रो नगर कप खेलकुद प्रतियोगिताको तयारीका लागि खेलाडीहरुलाई खेल सामाग्री प्रदान गरेको छ । नगरका ११ वटै वडाका खेलाडीहरुलाई नगरप्रमुख चन्द्रकुमार सेर्मा, सांसद एलपी साँवा, प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राईले संयुक्त रुपमा उक्त खेल सामाग्री प्रदान गरेका थिए ।
Comments