Sajhamanch Archive

दमक नगर विकास पत्रकारिता पुरस्कारद्वारा पत्रकार पोख्रेल पुरस्कृत

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by .

दमक । दमकका क्रियाशील पत्रकार विष्णुप्रसाद पोखरेललाई दमक नगर विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

आठौ नगरसभाको अवसर पारेर दमक नगरपालिकाले उनलाई नगद रु २१ हजारसहित पुरस्कृत गरेको हो ।करिव दुई दशकदेखि दमकलाई कार्यथलो वनाएर काम गरिआएका उनी प्रभावकारी अनलाईन न्यूज पोर्टलका सम्पादक हुन् ।

पुरस्कार राष्ट्रिय सभा सदस्य देबेन्द्र दाहाल, प्रदेश सभा सदस्य अर्जुन राईको उपस्थितिमा भएको नगर सभामा दमक नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारीले प्रदान गरेकी हुन् ।

नगरपालिकाले नगरमा बिभिन्न माध्यमबाट उत्कृष्ठ योगदान पुरयाँउनेहरुलाई सम्मान गर्ने परम्परा अनुसार यसपटक सञ्चार क्षेत्रबाट पोखरेललाई पुरस्कृत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए ।

पत्रकार पोखरेलसंगै उत्कृष्ट करदाता, स्वास्थ्य स्वंयसेविका लगायत पाँच जनालाई नगरपालिकाले सम्मान गरेको छ । नगर सभामा सम्मानित हुनेहरुमा उत्कृष्ट करदाताहरु पर्शुराम गिरी, मञ्जु श्रेष्ठ, उत्कृष्ट निर्माण व्यवसायी प्रकाश केसी, स्वास्थ्य स्वयंसेविकाका रुपमा हेलेना टोपो रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *