Sajhamanch Archive

केन्द्रीय सदस्यको नागरिकतासहित प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाने तयारी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल समूह) ले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेको छ ।

बहुमत केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेकाले नेकपाको आधिकारिकता आफूहरुले नै पाउनुपर्ने बताउँदै आएको सो समूह आज निर्वाचन आयोग जाने तयारी गरेको हो । त्यसका लागि केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा मध्याह्न भेला हुन भनिएको छ ।

गत पुस ५ गते सरकारले संसद विघटन गरेलगत्तै दुई नेकपा दुई खेमामा बिभाजित भएको छ । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को खेमाको नेतृत्व प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् ।

दुवै पक्षले आधिकारिक नेकपा आफू नै रहेको दाबी गर्दै आएका छन् । तर निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंगो लगाउन सकेको छैन ।

                                                                                         अनलाइनखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *