Sajhamanch Archive

लुईटेलद्वारा लिखित कृति ‘फल एक स्वाद अनेक’ विमोचन

Published: (Updated: ) in शिक्षा, साहित्य by .

मेचीनगर । कवि टिकाराम लुईंटेलको दोस्रो कृति ‘फल एक स्वाद अनेक’ कविता सङ्ग्रहको बिहीबार विमोचन गरिएको छ ।

मेचीनगर ८ इट्टाभट्टास्थित श्री विष्णु लक्ष्मी मन्दिरमा एक कार्यक्रमबीच कार्यक्रमका प्रमुख अतिथि साहित्यकार पुन्यप्रसाद खरेल,साहित्यकार भगवती ढुङ्गेल, पं शंकर अधिकारी, पं मेघराज भट्टराई लगायतले पुस्तकको  विमोचन गरेका हुन् ।

गंगाप्रसाद लुईंटेलको सभापतित्वमा भएको कार्यक्रममा पुस्तकको समिक्षा समालोचक पर्शुराम तिम्सीनाले गरेका थिए । कवि लुईंटेलले जन्मोत्सवको अवसर पारेर पुस्तक लोर्कापण गरेका हुन् ।

उक्त अवसरमा साहित्यकार भगवती ढुङ्गेल, पं शंकर अधिकारी, कृष्ण द्वैपायन वेद विद्याश्रमका प्राचार्य महेन्द्र भट्टराईलगायतले मन्तव्य साथै कवि तथा कलाकार मातृकाप्रसाद संग्रौलाले कविता र नाकले वासुरी बजाएर मनोरञ्जन गराएका थिए ।

उक्त पुस्तक विमोचन कार्यक्रमको सञ्चालन मेचीनगर लेडी जेसिजका महासचिव सिता पुरीले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *