Sajhamanch Archive

प्रजातन्त्र दिवसमा सात संस्थाद्वारा सरसफाई तथा सतासीधाम जेसीजको व्याग वितरण

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सतासीधाम जेसीजद्वारा गरिव तथा जेहेन्दार विद्यार्थीलाई व्याग वितरण गरेको छ । शिवसताक्षी ७ स्थित शुक्र माध्यमिक विद्यालयका ३० जना छात्र छात्रालाई किताब बोक्ने व्याग वितरण गरिएको हो ।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय आउँदा किताब बोक्ने झोलाको अभाव देखेपछि सतासीधाम जेसीजले व्याग वितरण गरेको सतासीधाम जेसीजका अध्यक्ष जेसी कमल सेन्चुरीले जानकारी दिए । सो विद्यालयमा अधिकांश विपन्न समुदायका छोरा छोरीले अध्ययन गर्ने भएकाले स–साना बालबालिका किताव बोक्ने झोला नहुँदा समस्यामा रहेको सतासीधाम जेसीजका महासचिव अर्जुन भट्टराईले बताए ।

यसै बीच प्रजातन्त्र दिवसकै अवसरमा सतासीधाम जेसीजले बृहत बजार सरसफाई कार्यक्रमको आयोजना गरी दूधे बजार सरसफाई गरेको छ । विभिन्न संघ संस्थाहरुको सहकार्यमा सतासीधाम जेसीजले बजार सरसफाई गरेको हो । स्थानीय ७ संस्थाहरुले संयुक्त रुपमा सरसफाई गरिएको खुद्रा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण बजगाईंले जानकारी दिए । सरसफाईमा लाइन्स क्लब अफ शिवसताक्षी, सतासीधाम सामुदायिक प्रहरी सेवाकेन्द्र, खुद्रा बचत तथा ऋण सहकारी संस्था, सतासीधाम सामुदायिक अध्ययन केन्द्र, दूधे बजार विकास समिति र इलाका प्रहरी कार्यालय झिलझिलेको सहभागीता रहेको थियो । सरसफाई कार्यक्रममा स्थानीय क्याम्ब्रिज बोडिङ्ग स्कुलका विद्यार्थीहरु, बजार बासीलगायत १०० बढीको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *