Sajhamanch Archive

९७ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९७ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।

जसमा महिला ३१ र पुरुष ६६ जना रहेका छन् । यही अवधिमा थप तीन जनाको मृत्यु भएको छ । भने देशभरबाट थप १ सय १४ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *