Sajhamanch Archive

प्रदेश प्रमुख हटाएकोमा कांग्रेसको आपत्ति

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसले सरकारले प्रदेश २ को प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति गरेकामा विरोध जनाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखबाट तिलक परियारलाई हटाएर रौतहटका राजेश झालाई नियुक्त गरेकी थिइन् ।

कांग्रेसले प्रदेश प्रमुखको नियुक्ति बदर गरेर प्रदेश प्रमुखको गरिमा घटाउँदै लगेको बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा भनेका छन्, ‘‍‘निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ।’

संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न नपाउने शर्माले बताए । ‘अतः यसप्रति कडा विरोध जनाउँदै नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ’ उनले भनेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *