Sajhamanch Archive

युवा व्यवसायी खतिवडाले दिए जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री

Published: in समाज by .

बिर्तामोड । झापा अर्जुनधारा –९ आनन्दनगरस्थित वालज्योती प्राथमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई शैक्षिक सामग्री र जुत्ता मोजा प्रदान गरिएको छ ।

वीरता जेसीजका सदस्य कुशल खतिवडाले आफ्नो जन्मदिनको अवसर पारेर उक्त विद्यालयमा अध्ययनरत् ४६ जना विद्यार्थीलाई शैक्षिक सामग्री र जुत्ता मोजा प्रदान गरेका हुन् ।
बिर्तामोड –५ निवासी खतिवडाले विगतका वर्षदेखि नै फरक तरिकाले जन्मदिन मनाउँदै आएको बताउँदै उक्त विद्यालयमा अध्ययनरत् विद्यार्थीको अवस्था दयनिय देखेर आफूले ६० हजार मूल्य वरावरको शैक्षिक सामग्री र जुत्ता मोजा प्रदान गरेको जानकारी दिए ।

बिर्तामोडमा व्यवसायको क्षेत्रमा उदीयमान युवा खतिवडाले फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा त्यही रकम सामाजिक कार्यमा खर्च गर्दा आफूलाई आनन्द आउने बताए ।

वीरता जेसीजका कानूनी सल्लाहकार प्रविन खड्काको अध्यक्षता तथा विद्यालयकी प्रधानाध्यापक पूजा भारतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक कुशल खतिवडाले स्वागत गरेका थिए ।

कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक भारती र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र गिरीले शैक्षिक सामग्री समेत किन्न नसकेर पढाई विचमै छोड्न वाध्य हुने अवस्थामा पुगेका विद्यार्थीलाई खतिवडाले गरेको सहयोग बरदान सावित भएको बताए ।

त्यस्तै वीरता जेसीजका वातावरण तथा सरसफाई संयोजकमा प्रज्ज्वल विमलीले उक्त विद्यालयका आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए भने कनकाई कापी उद्योगका सञ्चालक योगेश खतिवडाले समेत बिद्यालयमा सहयोग गर्ने बताए ।
कार्यक्रममा वीरता जेसीजका संयुक्त सचिव टीकाराम खतिवडाले आस्थावाचन , खेल संयोजक दिपेन धिमालले जेसीआई मिसन भिजन वाचन र प्रकरण निर्देशक कमल श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठले गरेको अवार्ड संयोजक सञ्जय राजवंशीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *