Sajhamanch Archive

शिवसताक्षीको लालझोडामा ४५ दिने ढाका बुनाई तालिम सुरु

Published: in समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा ४५ दिने ढाका बुनाई तालिमको सञ्चालनमा आएको छ ।

शुक्रबार नगरको वडा नम्बर ७ स्थित लालझोडामा गोपाल गौरी दिगो विकास संस्थाको आयोजनामा ४५ दिने ढाका बुनाई तालिमको उद्घाटन गरिएको हो । तालिमा मार्फत वडाका महिलाहरुलाई सीप सिकाई उद्यमी बन्न मद्धत मिल्ने संस्थाकी अध्यक्ष ईन्दिरा गौतमले जानकारी दिइन् ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ७ को सहयोगमा आयोजित कार्यक्रममा वडा नम्बर ७ की वडा सदस्य बिर्खमाया कार्की, गोपाल गौरी दिगो बिकास प्रतिष्ठान शाखा कार्यालय झापाकी सदस्य निर्मला प्रधान, नरमाया कार्की, लगायतको सहभागिता रहेको थियो । प्रतिष्ठानले विभिन्न महिलाहरुका लागी सीप मुलक तालिम तथा अपाङ्ग–सहारा विहीन व्यक्तीहरुलाई बितरणमुखी कार्यक्रमहरु समेत गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *