Sajhamanch Archive

मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

Published: (Updated: ) in समाज by .

मेचीनगर । झापाको मेचीनगरमा दुईवटा मोटरसाइकल एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

दुर्घटनामा परी मेचीनगर नगरपालिका वडा नं.१३ बस्ने ३८ वर्षीय अनन्त आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक आचार्य ग्लोबल आइएमइ बैंक, फिक्कल शाखाका प्रमुख हुन । दुर्घटनामा परी निधारमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा शनिबार विहान मृत्यु भएको हो ।

प्रहरीका अनुसार मेचीनगर-१३, चारआलीस्थित पूर्व-पश्चिम राजमार्गमा शुक्रबार बेलुका पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ११ प ४४७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियोे ।

दुर्घटनामा परी मे ११ प ४४७८ मोटरसाइकलको पछाडि सवार भद्रपुर-१० बस्ने २६ बर्षीय विकास बुढाथोकी र मे ११ प ११३१ नम्बरका मोटरसाइकल चालक अर्जुनधारा-१० बस्ने १८ वर्षीय मनिष परियार गम्भीर घाइते भएका छन् । उनीहरूको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *