Sajhamanch Archive

साम्राज्ञीसँग रोमान्टिक पुष्प

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहले पहिलो पटक फिल्म ‘मारुनी’ मा स्क्रिन शेयर गरेका थिए । यो फिल्मले बक्सअफिसमा आफ्नो जादू देखाउन नसके पनि उनीहरुको जोडीलाई दर्शकहरुले निकै रुचाए । यो जोडीलाई फेरि एकपटक दर्शकहरुले ठूलो पर्दामा हेर्न पाउँदैछन् । हालै छायांकन सकिएको फिल्म ‘तिम्रो मेरो साथ’ मा उनीहरुले सँगै काम गरेका छन् ।

एक महिना लामो छायांकन अवधिमा निर्माण टिमले फिल्मका कुनै पनि दृश्यका तस्विरहरु सार्वजनिक गरेको थिएन । तर, शुक्रवार साम्राज्ञीले आफ्नो फेसबुक र इन्स्टाग्राममार्फत् फिल्मको सेटमा खिचेका पुष्पसँगका रोमान्टिक तस्विरहरु साझेदार गरेकी छन् । जसमा उनीहरु पोखराको एक होटलको छतमा बनाइएको स्विमिङ पुलमा फिल्मका लागि सिन दिँदै देखिएका छन् ।

तस्विरमा पुष्प टपलेस छन् । माघको जाडोमा फिल्मको छायांकन भएका कारण स्विमिङ पुलमा सिन दिँदै गर्दा साम्राज्ञी र पुष्पलाई निकै जाडो महशुस भएको तस्विर हेर्दा अनुमान गर्न सकिन्छ । तस्विरको पुष्ठभूमिमा चाँदीझैँ टल्किएको हिमाल पनि देख्न सकिन्छ । साम्राज्ञीले पुष्पसँगका तस्विर सार्वजनिक गर्दै आफ्नो कामको आनन्द लिने मान्छेले जे पनि गर्न सक्ने उल्लेख गरेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *