Sajhamanch Archive

केर्खा बजार सरसफाई

Published: (Updated: ) in विविधा, समाज by .

कमल । लायन्स क्लव अफ केर्खा र लियो क्लव अफ केर्खाको संयुक्त आयोजनामा शनिबार केर्खा बजार सरसफाई गरिएको छ ।

“आफ्नो चुलो–चौका, घर आँगनदेखिचोक बजार सफा राखौं, आफ्नो अमुल्य जिवन स्वस्थ्य बनाऔं ” भन्ने नाराका साथ बजार सरसफाई गरिएको हो ।

आफ्नो घर तथा पसलबाट निस्किएको फोहोर आफैले व्यवस्थान गर्न सकेमात्र टोल सफा हुन्छ । टोल सफा भए बजार सफा हुन्छ । त्यसैले आजैबाट आफ्नो घरको फोहोर आफैले सफागरौं भन्दै कार्यक्रममा उपस्थित सहभागीले घर धनी तथा व्यवसायीलाई सुझाव दिएका थिए ।

सरसरफाई कार्यक्रममा ३ नम्वर वडा कार्यलयका अध्यक्ष नरप्रसाद दंगाल, कमल उद्योग वाणिज्य संघ, केर्खा बजार व्यवस्थापन समिति, कमल नगर जेसीज, डीपीएल कमल, लगायत स्थानिय संघ सस्थाका प्रतिनिधी तथा सुरक्षाकर्मी लगायतको उपस्थितीमा बजार सरसफाई गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *