Sajhamanch Archive

बाह्रदशी जेसीजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Published: (Updated: ) in विविधा, समाज by .

भद्रपुर । बाह्रदशी जेसीजको आयोजनामा भएको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी, झापा जिल्ला शाखाको प्राविधिक संयोजन एवम् नेपाल रेडक्रस सोसाइटी, बाह्रदशी उपशाखाको समन्वय रहेको रक्तदानमा ३ महिला सहित २१ जनाले रक्तदान गरेका हुन् ।

जेसीजका अध्यक्ष विगम श्रेष्ठको अध्यक्षता तथा बाह्रदशी गाउपालिकाकी उप्रमुख रत्नाकुमारी राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा मातृशाखा सुरुङ्गा जेसीजका उपाध्यक्ष रिशभ सिंह चाहार, जीवन धमला, श्याम गोस्वामी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संयोजन उपाध्यक्ष सोमनाथ बजगाई रहेको कार्यक्रमको सञ्चालन महासचिव तीर्थप्रसाद काफ्ले र स्वागत कार्यकारिणी उपाध्यक्ष टंकबहादुर कार्कीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *