Sajhamanch Archive

तोलामा ८ सयले बढ्यो सुनकाे भाउ

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

काठमाडौं । सुनको मूल्य तोलामा ८ सय रूपैयाँ बढेको छ ।

आज छापावाल सुन प्रतितोला ८ सयले बढेर ८९ हजार रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

शुक्रबार ८८ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।  यस्तै, तेजाबी सुन पनि सोही दरमा बढेर प्रतितोला ८८ हजार ५ सय ५० रूपैयाँ पुगेको छ ।

चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँ बढेर १ हजार ३ सय ३० रूपैयाँ पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *