Sajhamanch Archive

चुनौती र विकृतिका बीच दमकमा सातौं फुड फेस्टिबल हुँदै

Published: (Updated: ) in विविधा, समाज by .

दमक । कोरोनाका कारण थलिएका दमकका होटल व्यवसायीहरु सातौं फुड फेस्टिबल आयोजनाको तयारीमा जुटेका छन ।

होटल व्यवसायी संघ दमकको आयोजनामा यस बर्ष २३ फागुनदेखि २९ फागुन सम्म दमक फुड फेस्टिबल आयोजना गर्न लागिएको हो । दमक बसपार्क नजिकै आयोजना गरिने सो फेस्टिबलमा विभिन्न जातजातीका खानाका विशेष परिकार तथा कृषि उपजहरुको समेत स्टल राखिने जनाइएको छ ।

संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जनाइए अनुसार फेस्टिबल सम्पन्न गर्न भुपेन्द्र न्यौपानेको संयोजकत्वमा मूल समिति र अन्य विभिन्न उपसमितिहरु गठन गरिएको छ । मूल समितिका अतिरिक्त उपसमितिहरुले आआफनो तर्फबाट आवश्यक तयारी धमाधम गरिरहेका संघका अध्यक्ष राजेन्द्र दंगालले बताए । सो फेस्टिबलमा करिब एक लाख अवलोकनकर्ताहरु आउने र करिब ५० लाख बराबरको व्यवसायिक कारोबार हुने अनुमान गरिएको उनले बताए ।

फेस्टिबल सम्पन्न गर्न दमक नगरपालिका र पर्यटन बोर्डले समेत सहयोग गर्ने बताइएको छ । फेस्टिबलका माध्यमबाट स्थानीयस्तरमा पर्यटन प्रवद्र्धन तथा मौलिक खानेकुराहरुको संरक्षण हुने आयोजकले विश्वास लिएको छ । बर्षेनी आयोजना गरिँदै आएका फेस्टिबलहरुमा जस्तै यस बर्ष पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरु आकर्षकका रुपमा रहने संयोजक न्यौपानेले बताए ।

विकृतिनै विकृतिका बीच फेस्टिबल

झण्डै एक बर्ष लामो कोरोना संक्रमण र त्यसका कारण सरकारले जारी गरेको लकडाउनका कारण होटल तथा पर्यटन क्षेत्र निक्कै ठुलो मारमा परेको छ । खास गरी विभिन्न ठाउँबाट आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरेर खुलेका होटल व्यवसाय यस बीचमा ठप्प नै थिए ।

एकाध ठुला होटलहरुमा छिटफुट बाहेक व्यवसायिक कारोबार हुन सकेन । तर दमकमा चलिरहेका कतिपय होटल तथा लजहरुमा कोरोना संक्रमणपछिको लकडाउन र त्यसपछिका दिनहरुमा पनि लुकिछिपी भइरहेको अनैतिक कृयाकलापहरु हेर्दा भने यो व्यवसाय बदनामपूर्ण छ । यहाँका होटल तथा लजहरु भोक लाग्दा खाजा ÷ खाना खाने वा अप्ठयारो अवस्था परेर सुत्ने प्रयोजनका लागि छैनन ।

यहाँका २०० बढी होटल तथा लज र त्यत्तिकै संख्यामा रहेका विभिन्न खाजा घरहरु मध्ये आधा जसोको धन्दा अर्कै छ । यहाँ हाइवेबाट केही टाढा (कम मानिसहरुले देख्ने) कुना तथा कर्नरहरुमा दिउँसै होटलमा चुकुल लाग्ने गर्छ ।

त्यस्ता होटलमा विशेष सम्पर्क भएका युगल जोडी ( महिला ÷ पुरुष) लुकिछिपी बस्ने प्रयोजनका लागि मात्रै खुलेका हुन । ति होटल तथा लजहरुमा सम्पर्कका आधारमा ग्राहक हुन्छन र आफना सम्पर्कित बाहेकका ग्राहकका लागि त्यहाँ सेवा बन्द गरिएको जनाउ दिने गरिन्छ । क्याबिन अर्थात पर्दा लगाएर चुकुल बन्द गरिएका ति भित्री कोठाहरुमा के धन्दा चलिरहेको छ ? भन्ने तर्फ न त यहाँका व्यवसायीक संघ संस्था वा अगुवाहरुले चासो राख्छन न त स्थानीय प्रहरी प्रशासनले नै राखेको छ । त्यस किसिमका होटलहरुमा वेश्यावृत्तीदेखि जुवातासको समेत धन्दा चलिरहेको छ । विभिन्न समुहका नाममा पैसा असुल्नेदेखि इन्टरनेटको दुरुपयोग गरेर सामाजिक सञ्जाल मार्फत ठगी गर्ने गिरोह समेत त्यस किसिमबाट महंगो मुल्य तिरेर कोठा भाडामा लिएर बस्ने गर्छन । जसका कारण ति होटलहरुमा सर्वसाधारणलाई प्रवेश गर्नै रोकिन्छ । चिया, कफि नास्ता जस्ता साधारण आइटमहरु साधारण ग्राहकका लागि ति होटलले बेच्नै इन्कार गर्ने गर्छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *