Sajhamanch Archive

उड्दै गरेको विमानमा आगलागी

Published: in विश्व समाचार by .

एजेन्सी । अमेरिकामा उड्दै गरेको विमानमा आगलागी भएको छ ।

बोइङ जेट विमानको इञ्जिन बिग्रिँदा आगलागी भएको हो । अमेरिकाको डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ ७७७ विमानको इञ्जिनमा आगो लागेको हो ।

आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरेको थियो । आगलागीबाट इञ्जिनको केही भाग जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थलमा अवतरण गराइएको बीबीसीले जनाएको छ ।

विमानमा चालक दलका १० सदस्यसहित २३१ यात्रु रहेका थिए । उनीहरु सबै सुरक्षित रहेका बीबीसीको खबरमा उल्लेख गरिएको छ । इञ्जिनमा समस्या आएपछि विमान चालकले नआत्तिकन बस्न यात्रुलाई आग्रह गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *