Sajhamanch Archive

प्रचण्ड र माधव नेपालबीच ५०-५० प्रतिशतको सहमति

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले नौ बुँदे मापदण्ड तय गरेको छ । सङ्गठनात्मक संरचनालाई पूर्णता दिन प्रचण्ड–नेपाल समूहले नौ बुँदे मापदण्ड तय गरेको हो ।

मापदण्डमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टी कमिटी एवं जनवर्गीय सङ्गठनको खाली रहेको ठाउँ पूर्ति तथा एकीकरणमा दुवै पक्षको आधा/आधा अर्थात् ५०/५० प्रतिशत हिस्सा रहने भएको छ ।

कमिटी तथा जनवर्गीय सङ्गठनको खाली रहेको ठाउँ पूर्ति तथा एकीकरणका लागि तय मापदण्ड तथा आधारमा दुई अध्यक्षले हस्ताक्षर गरेका छन् ।

पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने उल्लेख छ । साविक नेकपा (एमाले) पङ्क्तिमा रहेका गुट तथा फुटपरस्तले कार्यकर्तालाई भ्रमित तुल्याउने प्रयास गरेको भन्दै जिम्मेवारी प्रदान गर्दा भ्रम चिर्न सक्नेलाई विशेष जोड दिने सहमतिमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *