Sajhamanch Archive

मेलम्चीको सुरुङ परीक्षण गरिँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण आज गरिँदै छ । साढे २६ किलोमिटर लामो सुरुङमा आजदेखि पानी भरेर परीक्षण गर्न लागिएको हो ।

आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाले आज सुरूङमा पानी हाल्ने कामको उदघाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १५ देखि २० दिन लाग्नेछ । सुरुवाती चरण भएकाले सुरुङको क्षमताअनुसार भने पानी छाडिने छैन ।

गत २९ असारमै सुरुङमा पानी हालेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका-१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *