Sajhamanch Archive

कोरोना संक्रमण : राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक

Published: in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । कोरोना संक्रमणको लहरलाई रोक्ने उद्देश्यले भारतको महाराष्ट्र सरकारले आजबाट सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ ।

मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजन सम्बोधन गर्दै महाराष्ट्रका सबै राज्यहरुमा मानिसहरु भेला हुने कार्यक्रममा बन्देज लगाइएको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘महामारीले हाम्रो राज्यमा फेरि टाउको उठाउँदै छ । लकडाउनबाट मात्र कोभिड-१९ समाधान हुँदैन तर भाइरसको फैलावटलाई रोक्न यो एक मात्र विकल्प हो ।’

मुख्यमन्त्री ठाकरेले कोरोना संक्रमणबाट जोगिने नियमहरुको पालना नगर्नेहरुलाई सजाय दिने चेतावनीसमेत दिएका छन् । भारतको महाराष्ट्र कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुने राज्यमध्ये एक हो । अहिले फेरि संक्रमणको लहर देखिएपछि सरकारले प्रतिबन्धात्मक उपायहरु पालना गर्न आम नागरिकलाई अनुरोध गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *