Sajhamanch Archive

पिएसजी मोनाकोसँग स्तब्ध

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै मोनाकोसंग पराजित भएको छ । गएराति भएको खेलमा पीएसजी मोनाकोसँग २-० गोलले पराजित भएको हो ।

पीएसजीलाई उसैको मैदानमा हराउन मोनाकोका लागि सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक-एक गोल गरे ।

खेलको छैटौं मिनेटमा सोफियानेले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता कायम राखेको मोनाको दोस्रो हाफमा पनि एक गोल थप्यो । ५१ औं मिनेटमा गुइलेर्मोले गोल गर्दै मोनाकोलाई २-० को जित दिलाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *