Sajhamanch Archive

निश्चलले साइन गरे ‘प्रसाद २’

Published: in गीत/संगीत/मनोरञ्जन by .

लभ डायरीज’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रसाद २’ मा अभिनेता तथा निर्देशक निश्चल बस्नेत भित्रिएका छन् । स्क्रिप्टमा लामो छलफलपछि सोमवार उनले फिल्म साइन गरेका हुन् ।

सोमवार निर्माता सुभाष थापा र निश्चलबीच कागजी सम्झौता भएको हो । फिल्ममा यसअघि नै अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अनुबन्ध भइसकेका छन् ।

दुई वर्ष अगाडि प्रदर्शन भएको दिनेश राउत निर्देशित सफल फिल्म ‘प्रसाद’ मा पनि विपिन, नम्रता र निश्चल मुख्य भूमिकामा थिए । यसको सिक्वेलमा निर्देशक परिवर्तन भए पनि कलाकार यथावत रहने भएका छन् । यो फिल्मका लागि तीनै जना कलाकारले मोटो पारिश्रमिक बुझेको चर्चा छ । निश्चलले फिल्म साइन गरेसँगै अब निर्माण टिम छायांकनमा निस्कने तयारीमा जुटेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *