Sajhamanch Archive

रोमान्टिक बने पुष्प र वर्षा

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

आउँदो नयाँ वर्ष २०७८ को छेको पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी अभिनीत फिल्म ‘मनसँग मन’ को सम्पूर्ण छायांकन सकिएको छ । कालिञ्चोकमा एक रोमान्टिक गीत खिच्दै फिल्मको छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ ।

गीतमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मुकेश उदासको शब्द, रोशन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर छ । कालिञ्चोकमा छायांकन गरिएको गीतमा पुष्प र वर्षा रोमान्टिक बनेका छन् । कैलाश राइको निर्देशन गरेको फिल्ममा अर्जुन जीसीको सम्पादन र सन्तोष खवासको एक्सन छ । अरुण तामाङ फिल्मका निर्माता हुन् ।

फिल्ममा बुद्धि तामाङ, रविन्द्र झा, चाँदनी प्रधान, महेन्द्र बागदास, शन्ते दालगायतको पनि अभिनय छ । फिल्मको कथा र पटकथा निर्देशक राईले तयार पारेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *