Sajhamanch Archive

सुरक्षा परिषद् बैठकमा चुनाव सुरक्षालगायतका विषयमा छलफल

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक मङ्गलवार बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा देशको समग्र सुरक्षा अवस्था, चुनाव सुरक्षालगायतका विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ ।

बैठकमा गृह मन्त्री रामबहादुर थापा, अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी भएका थिए ।

नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा सेनाको परिचालन र नियन्त्रण गर्नका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीका अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव र प्रधानसेनापति परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *