Sajhamanch Archive

ऐश्वर्याको प्रेममा पागल थिए यी अभिनेता

Published: in गीत/संगीत/मनोरञ्जन by .

लामो समय बलिउड उद्योगमा राज गरेकी अभिनेत्री ऐश्वर्या रायको सुन्दरतामा धेरै मोहित हुने गर्छन् । यसमा बलिउड अभिनेताहरु पनि पर्छन् ।

सलमान खान

बलिउडका अभिनेता सलमान खान ऐश्वर्याका पहिला प्रेमी हुन् । जसले ऐश्वर्याको प्रेममा पागल भएका थिए । उनले ऐश्वर्याको प्रेममा मर्न समेत तयार भएका बताएका थिए । उनीहरुको भेट फिल्म सेटमा भएको थियो । सँगै काम गरेका सलमान र ऐश्वर्या प्रेममा निकै पागल थिए तर यी दुईको ब्रेकअप भयो ।

विवेक ओबरोय

एक समय विवेक ओबरोय र ऐश्वर्या राय एक अर्काप्रति निकै गम्भीर थिए । यी दुईको सम्बन्ध निकै चर्चामा थियो । सलमानसँग सम्बन्ध बिग्रिएपछि ऐश्वर्याको नाम बलिउड अभिनेता विवेक ओबरोयसँग जोडिएको थियो । यी दुईको प्रेम पनि फिल्म सेटबाट नै सुरु भएको थियो ।

राजीव मूलचंदानी

ऐश्वर्याको प्रेममा मोडल राजीव मूलचंदी पनि परेका थिए । दुवैको भेट फिल्म सेटमा नै भएको थियो । तर, यी दुईको प्रेम धेरै समय चल्न पाएन ।

अभिषेक बच्चन

ऐश्वर्या राय बच्चनले अभिषेक बच्चनसँग प्रेमसम्बन्धपछि विवाह गरेकी हुन् । उनी एक बच्चाकी आमा पनि भइसकेकी छन् । अभिषेक र ऐश्वर्या सुखद वैवाहिक जीवन विताइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *