Sajhamanch Archive

२४ घण्टामा कोरोना संक्रमणबाट चार जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोना सङ्क्रमणका कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै तीन हजार दुई सय १८ जनाको पीसीआर परीक्षण गर्दा ११० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा दुई लाख ७३ हजार ६ सय ६६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै थप एक सय दुई जना निको भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार ६८ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *