Sajhamanch Archive

कारागारमा भएको झडपमा ७५ जनाको ज्यान गयो

Published: in विश्व समाचार by .

एजेन्सी । इक्वेडरमा तीनवटा छुट्टाछुट्टै कारागारमा भएको झडपमा कम्तिमा ७५ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।

हिजो मंगलबार विरोधी समूहबीच झडप हुँदा ७५ जनाको ज्यान गएको र केही घाइते भएका समाचार संस्था अलजजिराले जनाएको छ । चक्कु र गोली प्रहारबाट यति धेरैको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इक्वेडरको कुएङ्का, लाटाकुङ्गा र ग्वेकिल शहरका कारागारमा हिजो रातिको समयमा झडप भएको हो । ८ सय प्रहरीको मद्दतमा प्रशासनले कारागारलाई आफ्नो नियन्त्रणमा लिएको छ । एउटा कारागारमा सुरक्षाकर्मीलाई कैदीहरुले बन्धक बनाएपछि झडप सुरु भएको खबरमा उल्लेख गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *