Sajhamanch Archive

तोकिएकै समयमा संसद् बैठक बोलाउने नेकपा ओली समूहको निर्णय

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठकले सर्वोच्चको निर्णयलाई स्वीकार गरेर अघि बढ्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले तोकिएको समयमै संसद् बैठक आह्वान गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

‘सर्वोच्चको फैसला र त्यसको कार्यान्वयनमा लैजाने बिषयमा छलफल भयो । लोकतन्त्र मान्ने भएकाले सर्वोच्चको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेका छौँ’ उनले भने, ‘फैसला सबै अपेक्षित हुँदैन। तर, हाम्रो चिन्ता स्थिर सरकार बलियो राजनीतिक स्थायित्व नै हो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *