Sajhamanch Archive

नेतृत्व विकास तथा उद्घोषण तालिम  

Published: in विविधा by .

बिर्तामोड  । मेची – महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाको आयोजनामा बुधबारबाट तीन दिवशिय नेतृत्व विकास तथा उद्घोषण तालिम  शुरु भएको छ ।

संस्थामा आवद्ध महिलाको क्षमता अभिबृद्धि गरी निर्धक्क बोल्न सक्ने बनाउने उद्धेश्यले आयोजना गरिएको तालिममा मेची –महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाका पदाधिकारी र संस्थाका दमक उपशाखा समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।

आगामी शुक्रबारसम्म सञ्चालन हुने तालिमको तुलसीप्रसाद निरौलाले गरिरहेको झापा जिल्लाकी कोषाध्यक्ष परु सुबेदी रिजालले जानकारी दिइन् ।

 मेची – महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समितिकी अध्यक्ष यमु शर्मा सुव्वा र केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेले तालिम सफलताको शुभकामना दिएका थिए । कार्यक्रम मेची –महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति झापाकी  संयोजक  शिखा खड्का गणेशको अध्यक्षतामा भएको सह–सचिब अम्बिका दाहाल गिरीले जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *