Sajhamanch Archive

अध्यक्ष कप फुटबल प्रतियोगितामा सशस्त्रलाई हराउँदै रेड स्टारको बिजयी

Published: in खेलकुद by .

मदरगाछ। दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको आज भएको खेलमा रेड स्टार बिर्तामोडले जित हासिल गरेको छ।सशस्त्र प्रहरी बल सुनसरीको टिमलाई १-० को गोल अन्तरले हराउदै रेड स्टार बिजयी बनेको हो।
खेलको सुरुवाती मिनेटमै रेड स्टारका तर्फबाट जर्सी नम्बर १७ का तिर्थ बस्नेतले १ गोल लगाउदै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।आजका म्यान अफ द म्याच बिर्तामोडका गोल किपर राजकुमार लिम्बु घोषीत भएका छन।उनले १ हजार नगद सहिद ट्रफी र प्रमाण पत्र पाएका छ।यस्तै भोलि समूह “ए” अन्तर्गत जलथल एफ सी र दमक एकडेमी बिच प्रतिषपर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपबिजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले जानकारी दिनुभयो। प्रतियोगितामा बेस्ट डिफेन्स,बेस्ट किपर,बेस्ट प्लेयर,उदयीमान खेलाडी र हाई स्कोररले समेत नगद सहित मेडल पाउने भएका छन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *