Sajhamanch Archive

थिरसँग विवाह बन्धनमा बाँधिइन् अञ्जु

Published: in गीत/संगीत/मनोरञ्जन by .

चर्चित पार्श्व गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधवार प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अञ्जु र थिर करीब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा बिहे गरेका हुन् । दुवैले क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा बिहे गरेको बुझिएको छ ।

उनीहरुको बिहे समारोहमा सीमित आफन्तहरुको मात्र सहभागिता रहेको थियो । गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अञ्जुले केही महिना अगाडि विभिन्न अन्तर्वाताहरुमा छोरीले विवाहका लागि दबाब दिइरहेको बताएकी थिइन् ।

प्रवण दिवसको छेकोमा अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए । उनीहरुले यस वर्षको माघमै बिहे गर्ने योजना भएपनि विविध कारणले सो मितिमा बिहे हुन सकेको थिएन । एक अन्तर्वार्ताको क्रममा थिरसँग अञ्जुको भेट भएको थियो । यसपछि उनीहरु एकअर्कासँग नजिक भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *