Sajhamanch Archive

सरकारले फेरि थप्याे काेराेनाबाट मृत्यु भएका ८२ जनाकाे विवरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । सरकारले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका ८२ जनाको विवरण थप गरेको छ । बुधवार ६१८ जनाको विवरण थपेको सरकारले आज ८२ जनाको विवरण थप गरेको हो ।

विभिन्न अस्पताल, पालिका र अन्य जिम्मेवार निकायबाट आएका तथ्याङ्क विश्लेषण गरेर मृतकको विवरण थपिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले जानकारी दिए ।

बुधवारदेखि तथ्याङ्क विश्लेषण गर्ने र एक वर्षयताका विभिन्न ‘केस’लाई पूर्णरूपमा अध्ययन गर्न थालिएको अधिकारीले बताए । पछिल्लो २४ घण्टामा थपिएका समेत गरी नेपालमा अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ७६७ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *