Sajhamanch Archive

प्रवीण मृत्यु प्रकरण : एकजना कारागार चलान, अर्का तीनलाख धरौटीमा छुटे

Published: (Updated: ) in समाज by .

विराटनगर । मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनामध्ये एकजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

मोरङ जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार चलान र अर्का एक जनालाई तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो । पक्राउ परेका मोरङका रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

अर्का आरोपी उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई आदालतले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिइएको अदालतका सुचना अधिकारी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए । न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा बिहीबार भएको थुनछेक बहसपछि उक्त आदेश दिएका हुन् ।

सोही मुद्दाका प्रतिवादीहरू उर्लाबारी–६ का राजेश रणपहेली, सुदी परियार, दीपेश पौडेल र रमेश गिरी फरार छन् । उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय बास्तोलाको गत पुष ५ गते शंकास्पद अवस्थामा शव भेटिएको थियो । प्रहरीले प्रवीणको हत्या आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । प्रवीणको हत्या भएको र दोषीलाई प्रहरीले सहजै उन्मुक्ती दिएको भन्दै मृतका आफन्त आइतबार देखि आन्दोलनमा छन् ।

                                                                                                              थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *