Sajhamanch Archive

प्रधानमन्त्री ओली र नेता गौतमबीच भेटवार्ता

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग नेता बामदेव गौतमले भेटवार्ता गरेका छन् ।

शुक्रबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका गौतमले ओलीसँग करिब एक घण्टा कुराकानी गरे । स्रोतका अनुसार, गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेका छन् ।

नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ रहेको बताएका गौतमले बिहीबार प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

नेकपा विभाजन पछि गौतमले छुट्टै नेकपा राष्ट्रिय एकता अभियान शुरु गरेका छन् । संसद् विघटन पछि विभाजित नेकपालाई फेरि एक बनाउन दबाव दिने उद्देश्यले गौतमले अभियान सुरु गरेको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *