Sajhamanch Archive

तिमी भन्दा शक्तिशाली जनता हुन् : ईश्वर पोखरेल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला प्रति असहमति जनाएका छन् । आफू निकट विद्यार्थीले राजधानीमा गरेको कार्यक्रममा पोखरेलले मुलुकलाई अस्थिरता धकेल्नेगरी फैसला आएको भन्दै असहमति रहेको बताए ।

‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चको न्यायाधीशहरु होइनन् र हुन सक्दैनन् । सवैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन्’, उनले भने । तर, लोकतन्त्र र शक्ति पृथकीकरणमा विश्वास गर्ने भएकाले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने पोखरेलले बताए ।

सर्वोच्चको फैसला प्रति असहमति रहेको जनाउँदै पोखरेलले भने, ‘तिमी भन्दा शक्तिशाली न्यायाधीशहरु जनता हुन् । जनताले गर्ने फैसलाको प्रतीक्षामा छौं हामी । त्यसको तयारीमा छौं ।’

सर्वोच्च अदालतको फैसलाबारे बोल्नु हुन्न भन्ने सोचाइ राख्नेहरुको सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘यो विरुद्धमा होइन, हाम्रो असहमति हो । विश्लेषणको आधारमा गरेको हाम्रो अहसमति । हामीले भनेका छौं– तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दैथियो, त्यही दुर्भाग्यतिर जानको लागि प्रेरित गरेको छ ।’

पोखरेलले सर्वोच्चको फैसलाकै कारण मुलुक विकास र समृद्धिमा बाधा पुग्ने जिकिर गरे । अराजकतालाई बढावा दिनेगरी फैसला आएको भन्दै पोखरेलले मुलुकलाई घिनलाग्दो राजनीतिक खेलतर्फ धकेलेको पनि बताए । उपप्रधानमन्त्री पोखरेलले सर्वोच्चको फैसला प्रति दुख व्यक्त गर्न पनि आह्वान गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *