Sajhamanch Archive

शिवसताक्षीका विद्यार्थीलाई पहिलो पाईलाद्वारा भविष्य बोक्ने झोला वितरण

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । पहिलो पाईला नेपालले शिवसताक्षीका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितको भविष्य बोक्ने झोला वितरण गरेको छ ।

पहिलो पाईला विर्तामोड शाखाले झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ स्थित शुक्र माध्यमिक विद्यालयका ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहितको भविष्य बोक्ने झोला बितरण गरेको हो ।

शुक्र माविका पूर्व विद्यार्थीहरुको सहयोगमा विद्यार्थीहरुको पठनपाठनमा सहजिकरण होस् भन्ने उदेश्यले शैक्षिक सामग्री सहितको झोला बितरण गरिएको पहिलो पाइलो नेपालले जनाएको छ ।

संस्थाका उपाध्यक्ष जिवन सिंह राजवंशीको संयोजकत्वमा भएको कार्यक्रममा विभिन्न दाताहरुलाई कृतज्ञता पत्र हस्तान्तरण गरीएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष मदन ओलीले शैक्षिक क्षेत्रमा संस्थाबाट विभिन्न कार्यक्रमहरु संचालन गरिदै आएको र यसै महिनामा थप दुई ओटा कार्यक्रमको आयोजना गरिने योजनामा रहेको जानकारी दिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडा अध्यक्ष नबिन इजम, स्थानीय समाजसेवी अम्बिका प्रसाद अधिकारी, प्रतिक कडरिया, शुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र घिमिरे लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत संस्थाका कोषाध्यक्ष बिवेक घिमिरेले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *