Sajhamanch Archive

शिक्षक तथा कर्मचारी सहयोग कोषको साधारण सभा सम्पन्न, कोषले सदस्यहरु दुर्घटना तथा मृत्यु भएमा सहयोग गर्ने

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

शिवसताक्षी । शिक्षक तथा कर्मचारी सहयोग कोष शिवसताक्षीको प्रारम्भिक साधारण सभा सम्पन्न गरेको छ । तदर्थ समितिका कोषाध्यक्ष श्री गणेश चम्लागाईंको आर्थिक प्रतिवेदन, अध्यक्ष श्री रमेशकुमार दाहालको सांगठनिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै नयाँ कार्यसमितिका लागि प्रतिनिधि छनौट गरेको हो ।

कोषमा शिक्षक कर्मचारीबाट संकलित ४ लाख ३२ हजार र शिवसताक्षी नगरपालिकाकाबाट सहयोग ३ लाख गरी हाल ७ लाख ३२ हजार आम्दानी भएको संस्थाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले शिक्षकहरुको माथि आइलाग्ने विपत्तीहरुमा आर्थिक सहयोग गर्ने उद्देश्यले स्थापना भएको कोषको प्रशंसा गर्दै विगतमा नगरपालिकाबाट कम सहयोग भएपनि आगामी वर्षहरुमा उल्लेख्य सहयोग गर्दै जाने प्रतिबद्धता जनाए ।

सामाजिक रुपान्तरणमा शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने भएको र शिक्षकले मात्र समाज सुधार्न सक्ने भएकोले शिक्षकहरुको आत्मावल उकास्न कन्जुस्याइ गर्नु नहुने ६ का वडा अध्यक्ष मनोज कार्कीले जोड दिए । हलबाट ३ जना, घटक संस्थाको सिफारिसमा नेपाल शिक्षक महासंघबाट ४ जना, महासंघ नगर अध्यक्ष पदेन सदस्यसहितले २ जना महिला मनोनित गर्ने कोषले जनाएको छ । त्यस्तै नगरशिक्षा अधिकारीद्वारा १ मनोनित सहित कार्य समितिमा जम्मा ११ जना सदस्य रहने छन् ।

११ जना कार्यसमितिका लागि रमेश कुमार दाहाल, गोबिन्द काफ्ले, गणेश चम्लागाईं, सावित्रा फुयल, कमल भट्टराई, हरदेव ताजपुरिया, काजी पाठक र जगत तुम्बापोलार्इ प्रतिनिधि छनौट गरेको छ । जस मध्ये ३ जना कार्य समिति र ५ जना लेखा समितिमा राखिने छ। शिक्षकहरुको प्रतिनिधित्व गर्दै वालनिकुञ्ज मा विका प्रअ भुवानी थापाले यो कोष शिक्षक कर्मचारीको लागि अति सहयोगी र उपलब्धि मूलक भएको र यसलाई आर्थिक पारदर्शिता, वैज्ञानिक लेखा प्रणाली अनुसार संचालन गर्नु पर्नेमा जोड दिए ।

नेपाल शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनुप्रसाद कार्कीले महासंघले हालसम्म गरेका कार्य र आगामी कार्य योजनासहित हाल सम्मको आय व्यय विवरण समेत प्रस्तुत गरेका थिए ।

२०७७ जेष्ठ ८ गते स्थापना गरिएको यस कोषले संस्थाका सदस्यहरुका छोरा बुहारी, अविवाहित छोरी वा पति मृत्यु भएमा राहत स्वरुप २५ हजार प्राप्त गर्ने बताइएको छ । त्यसै गरी स्वयम सदस्यको मृत्यु भएमा ६० हजार, र दुर्घटनामा परी अस्पताल बस्नु परेमा १० देखि २५ हजारसम्म कोषले उपलब्ध गराउने कोषका सदस्य कमल भट्टराईले जानकारी दिए । बाल शिक्षकको तथा कर्मचारीहरुको हकमा ६० वर्ष पुरा गरी अवकास भए ३० हजार उपलब्ध गराइने सचिव गोविन्द काफ्लेले बताए ।

कार्यक्रम शिवसताक्षी नगरपालिका वडा नम्बर ६, ७,८,९, १० र ११ का १५० शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *