Sajhamanch Archive

नेपाल विकासशील देश स्तरोन्नतिका लागि सिफारिस

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको विकास नीति समितिले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ।

समितिले नेपालसहित लाओस र बंगलादेशलाई पनि विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ।

नेपालले पाँच वर्षको तयारी अवधिको सुविधासहित स्तरोन्नतिको लागि सिफारिस पाएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । राष्ट्रिय आकाङ्क्षाको यात्रामा नेपालको विकासका लागि यो महत्त्वपूर्ण कोशेढुङ्गा भएको मन्त्री ज्ञवालीको भनाइ रहेको छ ।

विकासशील देशमा सिफारिस भएसँगै नेपालले अब सन् २०२६ अर्थात् अबको ५ वर्षमा विकासशील राष्ट्रको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । स्तरोन्नतिका लागि प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क र आर्थिक जोखिम सूचकाङ्क सुधार गर्नुपर्ने प्रावधान रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *