Sajhamanch Archive

कुभिण्डेलीको सातौं कृति भोजपुरमा विमोचित

Published: in विविधा, साहित्य by .

भद्रपुर । झापा सदरमुकाम भद्रपुरका श्रष्टा भानुभक्त कुभिण्डेलीको सातौं कृतिका रूपमा प्रकाशित राधा समाधि महाकाव्यको विमोचन गरिएको छ ।

त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले आयोजना गरेको कार्यक्रममा कुभिण्डेलीद्वारा रचना गरिएको महाकाव्य “राधा समाधि”को लोकार्पण भएको हो ।

संस्थाका अध्यक्ष सुवास बिभासको अध्यक्षता तथा भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेको प्रमुख आतिथ्यमा कृतिको विमोचन भएको थियो । कार्यक्रममा विभिन्न साहित्यकार र बुद्धिजीवीको उपस्थितिमा प्रमुख अतिथिबाट कृतिको विमोचन भएको हो ।

कृतित्व र व्यक्तित्वको समीक्षा क्रमशः गणेश श्रेष्ठ, अम्रिका तम्राकार र भोजपुर क्याम्पसका उपप्राध्यापक खगेश्वर भट्टराईले गरेका थिए । सरकारी शिक्षण सेवामा भोजपुरमा रहेका कुभिण्डेलीको यो सातौँ कृतिका रूपमा प्रकाशित महाकाव्यले उहीँ विमोचित हुने अवसर पाएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *