Sajhamanch Archive

सांसद किनबेचको खतरा बढ्यो : मन्त्री ज्ञवाली

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसद पुनस्र्थापनापछि सांसदहरुको किनबेच हुने खतरा बढेको बताएका छन् ।

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वाषिर्क साधारणसभामा मन्त्री ज्ञवालीले दलहरुको नीतिविहिन गठबन्धन हुँदा संसद सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताए ।

न्यायपालिकाले गरेको फैसला आफूहरुलाई मञ्जुर रहेको भन्दै उनले भने, ‘कतै फेरि संसद सांसदहरुको खरिद विक्रीको थलो बन्ने त होइन ? कतै सांसद फेरि दलहरुको नीतिहिन गठबन्धनको थलो बन्ने त होइन ?’

पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नती हुन सिफरिस भएको उनले बताए । गत वर्ष कोभिडको धक्काका कारण आर्थिक वृद्धि कमजोर भएपनि ऋणात्मक नहुनु सकारात्मक भएको मन्त्री ज्ञवालीले बताए ।

                                                                                                      अनलाइनखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *