Sajhamanch Archive

आजको मौसम : केही स्थानमा बदली र हल्का वर्षा हुने

Published: in समाज by .

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण केही स्थानमा बदली र हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् सजिना शाक्यले आइतबार दिउँसो प्रदेश १ का पहाडी भू–भागहरुमा सामान्य बदली र बागमती तथा गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली हुने बताइन् ।

यस्तै, प्रदेश १ का पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली एक दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले अनुमान गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *