Sajhamanch Archive

नेपाल–बङ्गलादेश युवा सम्मेलन आज सकिने

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । चौथो ‘नेपाल–बङ्गलादेश युवा सम्मेलन’ आज सकिने भएको छ । हिजोदेखि काठमाडौंमा शुरु सम्मेलनमा बंगलादेशी सुमाया तहमिद जाफ्ररिनको संयोजकत्वमा २५ सदस्यीय युवा टोली सहभागी छ ।

नेपालका विभिन्न जिल्लाबाट ४० युवाले सम्मेलनमा सहभागिता जनाएका छन्। दिगो विकास लक्ष्य, जलवायु परिवर्तन तथा प्रकोप नियन्त्रण, युवा सहभागिता र उद्यमशील विकासका विषयमा सम्मेलन केन्द्रित रहेको आयोजकले जनाएको छ ।

युवा विकास केन्द्र र साउथ एशिया पार्टनरसीप (साप) नेपालको आयोजना तथा बङ्गलादेश राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय युवा परिषद्को सहकार्यमा शुरु सम्मेलन आयोजना गरिएको हो । सम्मेलनको पहिलो दिन हिजो जलवायु परिवर्तनसम्बन्धी पर्वतारोही अनिश लुइँटेल र लालमणि वाग्लेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

बङ्गलादेशको प्रकोप व्यवस्थापनका विषयमा ढाका विश्वविद्यालयका महबुब आलमले प्रस्तुतीकरण दिएका थिए। पर्यटन बोर्डको हल प्रदर्शनमार्गमा जारी कार्यक्रम नेपाल र बंगालदेशि गित संगित पनि प्रस्तुत भएको छ । कार्यक्रममा कोभिड–१९ का कारण प्रभावित हुँदै आएको दुईदिने सम्मेलनको हिजो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले उद्घाटन गरिन् ।

                                                                                      थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *