Sajhamanch Archive

झापा आइपुगे प्रधानमन्त्री ओली

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन् । यती एयरलाइन्समार्फत उनी भद्रपुर विमानस्थल आइपुगेका हुन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि प्रधानमन्त्री ओली पहिलो पटक गृहजिल्ला आएका हुन् ।

झापा क्षेत्र नम्बर ५ मा चीन-नेपाल मैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्शिप इन्डस्ट्रियल पार्क) को शिलान्यास कार्यक्रम छ । यो प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्र पर्दछ ।

औद्योगिक पार्क दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकामा बन्न लागेको छ । नेपालकै सबैभन्दा ठूलो पारदर्शी र प्रविधियुक्त पार्कको शिलान्यास गर्न ओली आउन लागेपछि उनको स्वागतका लागि ठाउँठाउँमा स्वागत गेट साथै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *