Sajhamanch Archive

हप्ता दिनभित्र केरुङ नाका सञ्चालनमा आउने

Published: in अर्थतन्त्र, समाज by .

काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका खुल्न लागेको हो ।

आजदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको र प्राविधिक कारणले एक/दुई दिन विलम्ब भए पनि यो हप्ताभित्र केरुङ नाका खुल्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए । केरुङ नाका नखुल्दा आयात-निर्यात ठप्प भएको छ ।

रसुवागढी भन्सारका कोरोना पोजेटिभ देखिएका मजदुर सङ्क्रमणमुक्त भइसकेको तथा उनीहरूले खोप लगाइसकेको सन्देश चिनियाँ अधिकारीलाई पुर्‍याउन नसकिएकाले समस्या भएको कार्यालयका प्रमुख रामप्रसाद रेग्मीको भनाइ छ ।

केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट जडिबुटी तथा हस्तकलाका सामग्री निकासी हुने गर्छ ।

                                                                                                  उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *