Sajhamanch Archive

देशभरकाे माैसम सफा रहने

Published: in समाज by .

झापा । अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले मौसम सफा रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

दिउँसो प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लाग्ने र बाँकी ठाउँको मौसम सफा रहने मौसमविद् बासीले बताइन् ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लागे पनि वर्षा र हिमपातको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *