Sajhamanch Archive

भिनिसियसको गोलमा रियल हारबाट जोगियो

Published: in खेलकुद by .

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।

रियल मड्रिडले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेलेको छ ।

हारतर्फ गएको रियल मड्रिडलाई भिनिसियस जुनियरले ८९ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए ।

बराबरीसँगै रियल मड्रिडले बार्सिलोनाभन्दा अघि रहँदै दोस्रो स्थानमा जाने मौका गुमाएको छ । रियल मड्रिड र बार्सिलोनाको समान ५३ अङ्क भए पनि गोल अन्तरका आधारमा बार्सिलोना दोस्रो र रियल मड्रिड तेस्रो स्थानमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *